बुढानिलकण्ठ नगरपालिकाको श्री पन्चकन्या मा. वि. मा बित्तिय साक्षरता कार्यशाला
बुढानिलकण्ठ नगरपालिकाको श्री पन्चकन्या मा. वि. मा बित्तिय साक्षरता कार्यशाला समर्थ नेपालले बुढानिलकण्ठ नगरपालिकाको समायोजनमा असोज ५ गते श्री पन्चकन्या माध्यामिक विद्यालय, बुढानिलकण्ठ-५, लिपिकोटमा ‘वित्तिय समर्थता’ कार्यशाला सम्पन्न गरेको छ।
कार्यशालामा कक्षा ८, ९ र १० का गरी जम्मा ७० विद्यार्थीहरूको सहभागीता रह्यो। विद्यार्थीहरुलाई यस कार्यशालाबाट आम्दानीका विभिन्न श्रोतहरु, बचतको महत्व, विभिन्न बाल बचत खाताहरु, पैसा कसरी बढाउने, मुल्यवृद्दी, बजेटिङ्ग, आदि वित्तिय विषयहरुमा जानकारी दिइएको थियो। कार्यशालाको पहिलो सत्रमा विद्यार्थीहरुलाई १० समुहमा विभाजन गरेर १-१ विषयमा अध्ययन गर्न दिइएको थियो। सहजकर्ताहरुले उक्त विषयमा अध्ययन गर्न मद्दत गर्नुका साथै विद्यार्थीहरुलाई आफ्नो समुहले पाएको विषयको बारेमा प्रिजेण्टेसन मार्फत अरुलाई बुझाउन सक्ने बनाएका थिए। दोश्रो सत्रमा भने हरेक समूहले आफ्नो विषयको प्रिजेण्टेसन प्रदर्शनी गर्दै अन्य समुहका विद्यार्थीहरु, विद्यालयका शिक्षक तथा अन्य अतिथिहरुलाई आफुले सिकेको विषयमा सिकाएका थिए। ‘हामीले फाइनान्सियल (वित्तिय) विषयमा धेरै कुरा सिक्यौं। साथै कसरी प्रिजेन्टेसन गर्ने भन्ने कुरा पनि सिक्नु पायौं। निक्कै रमाइलो भयो।’ सहभागी एक विद्यार्थीले बताए। विद्यार्थीहरुको उत्साह देखेर हामी पनि उत्साही बन्यौं सहजकर्ता लक्षमण अर्यालले आफ्नो अनुभव सुनाए। ‘नेपाल जस्तो विकासशील देशलाई वित्तिय रुपमा साक्षर र सक्षम युवा पिडि अत्यावस्यक छ। त्यसैले, विद्यार्थी जीवन देखि नै आम्दानीका स्रोत पहिचान, परिचालन, बचत, बैंकिंग, लगानी, जस्ता विषयमा सिकाएर उनीहरुलाई बदलिदो जटिल वित्तिय व्यवस्था सापेक्ष बनाउने पहल गरेका हौँ।’ वित्तिय समर्थता अभियानकी कार्यक्रम व्यवस्थापक आयुष्मा महर्जनले बताइन्।
समर्थ नेपाल स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको नाफा नबाँड्ने कम्पनी हो। जनता क्लिनिक अभियानबाट चर्चामा आएको यस संस्थाले अहिले कक्ष ८, ९ र १० का विद्यार्थीहरुलाई केन्द्रित गरी वित्तिय समर्थता अभियान सुरु गरेको हो।आगामी दिनहरुमा सोहि अभियान गृहिणी तथा निम्न शिक्षा मात्र हासिल गरेका महिलाका लागि पनि संचालनमा ल्याउने प्रतिवद्धता समर्थ नेपालकि निर्देशक प्रियाशा महर्जनले जनाउनु भयो।
Source: www.bsgnews.com | वि.सं २०७५, आश्विन ७, आईतवार